
काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले आज अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् ।
मौद्रिक नीति सार्वजनिक भइसकेपछि साँझ ५ बजे भर्चुअल माध्यमद्वारा पत्रकार सम्मेलन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
बैंकको शुक्रबार विहान बसेको सञ्चालक समितिको बैठकले मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
मौद्रिक नीति सार्वजनिकका लागि लाइभ (प्रत्यक्ष प्रशारण) को व्यवस्था गरिएको राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जनाएका छन् ।
बिहीबार मात्रै गभर्नर अधिकारीले अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिबारे ब्रिफिङ गरेका थिए ।















प्रतिक्रिया