१ कार्तिक २०८३, शनिबार

नेकपा एमालेको फोटोको दुरुपयोग महंगो पर्ला: अनेरास्ववियु अध्यक्ष बराल

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले दोषीलाई कारवाहीको माग गर्न आग्रह गरेकी छन् ।

बिहीबार सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेको कार्टुन तस्वीरसहित सामाजिक सञ्जालमा स्टाटस लेख्दै अध्यक्ष बरालले एमालेको फोटोको दुरुपयोग महंगो पर्ला भन्दै चेतावनी दिएकी हुन् ।

उनले प्रदर्शनकारीहरुलाई आफ्नै अनुहार हेरेर सडकमा निस्कन पनि सुझाव दिएकी छन् ।

यस्तो छ अध्यक्ष बरालको टिप्पणीः

राज्यकै निर्लज्जताः ए साथीहरु हो, दोषीलाई कारबाहीको माग गर्नुस् । नेकपा एमालेको फोटोको दुरुपयोग महङ्गो पर्ला है ।