
काठमाडौं, ५ साउन । सुर्खेतमा मानव कंकाल भेटिएको छ । बिहीबार दिउँसो भेरीगंगा नगरपालिका–१०, साततलेस्थित गौरीशंकर सामुदायिक जङ्गलमा मानव कंकाल भेटिएका कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानियहरुले च्याउ खोज्न गएको बेला मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि ५ जनाको प्रहरी टोली गएको थियो ।
प्रहरीका अनुसार ३ ४ महिनाको मानव कंकाल छरिएको अवस्थामा फेला परेको हो । पुरुष वा महिला कसको भन्ने नखुलेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया