१ कार्तिक २०८३, शनिबार

चार वर्षीया बालिकामाथि करणी गर्ने ४९ वर्षीय घरबेटी पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ५ साउन । रुपन्देहीमा ४ वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा ४९ वर्षीय पुरुष पक्राउ परेका छन् । सैनामैना नगरपालिका सरौलीस्थित संगमचौककी ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खेमप्रसाद भुसाल पक्राउ परेका हुन् ।

प्रहरीले भुसाललाई बुधबार राति बलात्कार गरेको आरोपमा पक्राउ गेको हो । उनी बालिकाका घरभेटी हुन् । प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार बुधबार साढे ९ बजेतिर उनले बालिकालाई घुम्न जान भन्दै फकाएर लगेका थिए ।

करिब एक घण्टापछि घर ल्याएका थिए । घर फर्केपछि बालिकाले पाठेघरमा दुखेको बताएपछि घटना बाहिर आएको हो । बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।