१ कार्तिक २०८३, शनिबार

राप्रपाद्धारा थप ५३ केन्द्रीय सदस्य मनोनित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थप ५३ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार सदस्यहरु मनोनित गरेका हुन् ।

यस अघि पनि लिङदेनले केन्द्रीय सदस्य विस्तार गर्दै आएका छन् । योसँगै पार्टीमा २४३ जना केन्द्रीय सदस्यको संख्या पुगेको छ । पार्टीको विधानमा २९९ जना सदस्य रहने उल्लेख गरिएको छ ।