१ कार्तिक २०८३, शनिबार

श्रीलंकामा विक्रमासिंघेले लिए राष्ट्रपतिको शपथ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले शपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको शपथ लिएका हुन् ।

विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष शपथ लिए । श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सरिक भएका थिए ।