१ कार्तिक २०८३, शनिबार

लागूपदार्थ गाँजासहित दई युवा पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ५ साउन । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाका विभिन्न स्थानबाट एक केजी पाँचसय ग्राम गाँजासहित दुई युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले ती दुई युवालाई सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार मङ्गलबार सैनामैना नगरपालिका वडा नं. १० झिमपुर बस्ने वर्ष २७ का रोशन थारु र सैनामैना नगरपालिका वडा नं. ५ बालापुर बस्ने वर्ष २७ को कमल कुमालले आफ्नै घरमा लुकाई राखेको करिव एक केजी पाँचसय ग्राम सुकेको गाँजासहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार रोशन थारुको घरबाट एक केजी ३५० ग्राम र कमल कुमालको घरबाट दुईसय १० ग्राम गाँजा बरामद गरिएको हो । घरमै लागूपदार्थ गाँजा राखेर उनीहरुले विक्रीवितरण गर्दै आएको प्रहरीको भनाइ छ ।