
काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले शर्मासँग आज बयान लिने भएको छ ।
समितिले शर्मालाई छलफलका लागि विहान ८ बजे उपस्थित हुन निर्देशन दिएको हो ।
वुधबार नै बयान लिने भनिए पनि शर्मा उपस्थित भएनन् । समितिले समाचार लेख्ने पत्रकारहरुसँग मात्रै बयान लिएको थियो ।
सीसीटीभी फुटेजको रिकभरीका लागि नेपाल प्रहरीको फोरेन्सिक ल्याबमा पठाइएको छ ।
त्यस्तै, समितिले थप ७ दिनको समयको पनि माग गरिसकेको छ ।















प्रतिक्रिया