१ कार्तिक २०८३, शनिबार

काठमाडौँमा ७ दिन फोहोर नउठ्ने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । काठमाडौं महानगरपालिकाले ७ दिनसम्म फाहोर नउठाउने भएको छ । वुधबार महानगरले एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

उपत्यकाको फोहोर फाल्ने बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोल स्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले ७ दिनका लागि सवारी साधन नचलाउन आग्रह गरिएको भन्दै त्यस अवधिमा फोहोर नउठाइने जनाएको हो ।

एक हप्ताका लागि घरबाट निस्कने फोहोरलाई बाहिर नफाली घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानगरले आग्रह गरेको छ ।