
काठमाडौं, ४ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित भएको संसदीय विशेष समितिले थप ७ दिनको समय मागेको छ ।
समितिको वुधबार बसेको बैठकले छानबिनका लागि थप समय माग गर्ने निर्णय गरेको थियो । समितिलाई यसअघि सभामुख अग्नि सापकोटाले १० दिनको समय दिएका थिए ।
आज समितिले शर्मालाई बयान लिने भनिए पनि उनी उपस्थित भएनन् । समाचार लेख्ने पत्रकाहरुलाई भने बयान लिइएको थियो ।















प्रतिक्रिया