१ कार्तिक २०८३, शनिबार

कारागारमा कैदीबन्दीको अवस्था जटिल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ४ साउन । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कारागारका कैदीबन्दीको अवस्था निकै जटिल रहेको बताउनुभएको छ ।

मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कारागारभित्रका कैदीबन्दीको अवस्थाबारे आयोगले जानकारी लिँदै आएको बताउनुभयो ।

“कारागारभित्रको कैदीबन्दी के कारणले बिरामी पर्यो, के कारणले मर्यो भन्ने जानकारी थाहा पाउन नै मुस्किल हुँदै आएको छ”, उहाँले भन्नुभयो । अध्यक्ष मगरले पहिलेको तुलनामा भन्दा अहिले कारागारभित्र भने सुधार आएको बताउनुभयो ।

उहाँले कारागारभित्र रहेका कैदीबन्दीको अवस्थाबारे आयोगले बेलाबेलामा सरकारको ध्यानाकर्षण गराउँदै आएको स्मरण गर्नुभयो । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले संविधान र कानुनमा महिला अधिकारका विषयमा धेरै लेखिए पनि कारागारभित्र रहेका महिला कैदीबन्दीको अवस्था दयनीय रहेको बताउनुभयो ।

अधिवक्ता मनिषकुमार श्रेष्ठले देशका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदै आएको बताउँदै उक्त विषय मानवअधिकारको दृष्टिकाणले अत्यन्तै संवेदनशील भएको बताउनुभयो । मञ्चकी अध्यक्ष कोकिला पुनले अन्यायमा परेका व्यक्तिलाई उद्धार गर्ने संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

विसं २०७० मा स्थापना भएको उक्त संस्थाले कारागारमा रहेका कैदीबन्दीको मानव अधिकारको लागि आवाज उठाउँदै आएको संस्थाका उपाध्यक्ष रत्न श्रेष्ठले जानकारी दिनुभयो ।

सोही अवसरमा संस्थाका संस्थापक अध्यक्ष स्व शङ्कर केसीकी धर्मपत्नी सुशीला केसी र संस्थापन कार्यसमिति र मञ्चका कानुन सल्लाकार एवं विभिन्न क्षेत्रमा सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो ।–रासस