१ कार्तिक २०८३, शनिबार

राजीनामा घोषणा गरेका पुबुदु क्यानडाको प्रशिक्षकमा नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा घोषणा गरेको दुई घन्टा नबित्दै पुबुदु दसानायके क्यानडाको प्रशिक्षक नियुक्त भएका छन् ।

उनलाई प्रशिक्षक नियुक्त गरेको जानकारी क्रिकेट क्यानडाले सामाजिक सञ्जालबाट दिएको छ । उनी दोस्रो पटक क्यानडको प्रशिक्षक नियक्त भएका हुन् । श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका पुबुदु अहिले क्यानडाका नागरिक हुन् ।

यसअघि पुबुदुले बुधबार दिउँस ३ बजे राजधानीमा आकस्मिक पत्रकार सम्मेलन गर्दै दिएका थिए । अघिल्लो वर्षको मंसिर २५ गते मात्र दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन् ।