१ कार्तिक २०८३, शनिबार

तत्कालीन नेकपा सचिवालय सदस्यको बैठकपछि प्रचण्डले के भने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार मिल्ने दलहरुसँग पुनः पार्टी एकीकरण हुनसक्ने बताएका छन् ।

मंगलबार सिंहदरवारमा भएको तत्कालीन नेकपामा पाँच सचिवालय सदस्यको छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धन कायम राखेरै बाम एकताबारे छलफल भएको बताए ।

उनले भने–हामी नेकपाकालका सचिवालयका बहुमत सदस्य एक ठाउँमा छौं । गठबन्धनलाई कायम राखेर जानेमा विमति छैन, कसरी प्रभावकारी बनाउने भन्ने छलफल पनि चलेको छ ।

हिजो एउटै पार्टीवाला भयौं, हामी नेकपाको बहुमत हौं त्यसैले विचार मिल्नेहरुबीच एकताको सम्भावनाका बारेमा छलफल भएको छ । पार्टी एकीकरणको पनि चर्चा गरेका छौं । तर यो हाम्रो एकीकरण वा छलफल गठबन्धनको विरुद्ध चाहीँ होइन । अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धनको विपक्षमा नजाने समेत प्रष्ट पारे ।