
काठमाडौं, ३ साउन। पुर्व प्रधानमन्त्री तथा सांसद बाबुराम भट्टराईले अब आफू कुनै कम्युनिष्ट पार्टीमा नजाने बताएका छन् । जनता समाजवादी पार्टीले कारबाही गरेका भट्टराई मंगलबार साँझ संञ्चारकर्मी संग संक्षिप्त कुराकानी गर्दै भट्टराईले समाजवादी केन्द्र निर्माण आफ्नो लक्ष्य भएको बताए ।
मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेपछि धेरै उनी फेरि माओवादीमा फर्किन लागेका हुन् कि भन्ने अनुमान गरेका थिए । म अब कम्युनिष्ट पार्टीमा जान्नँ,’ भट्टराईले भने,‘मेरो लक्ष्य समाजवादी केन्द्र बनाउने हो । त्यही शिलशिलामा आज प्रचण्डजीसँग कुरा भएको हो । सामान्य छलफल भयो ।’















प्रतिक्रिया