१ कार्तिक २०८३, शनिबार

जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्याँस

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । काठमाडौंको जोरपाटीमा पानीको लागि बोरिङ खन्दा ग्याँस निस्किएको छ ।

जोरपाटीको चामुण्डामा रहेको स्थानीय सन्तबहादुर लामाको घरमा पानीको लागि बोरिङ खन्दा लेदो र माटो सहितको फोहोरा निस्किएको प्रहरीले बताएको छ ।

लेदो र माटोसहितको फोहोरा घरभन्दा माथि पुगेको छ । पानीसहितको लेदो र माटोको फोहोराले गर्दा वरपरका घरहरूमा समेत माटो र बालुवा थुप्रिएको छ । एक घण्टा अघिदेखि निस्किएको फोहोरा अझै जारी रहेको प्रहरीले बताएको छ ।