
अर्घाखाँची, २ साउन । मकैबारीमा बाँदर धपाउने क्रममा लडेर गम्भीर घाइते भएका छत्रदेव गाउँपालिका–४ का टंक खनालको उपचारको क्रममा मृत्यु भएको छ ।
घर नजिकैको मकै बारीमा बाँदरले मकैका घोगा भाँच्न थालेपछि धपाउन दौडिँदा चिप्लिएर गम्भीर घाइते भएका खनालको सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको स्थानीय गिरिबाबु खनालले बताए ।















प्रतिक्रिया