१ कार्तिक २०८३, शनिबार

एन्फा बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ साउन । अखिल नेपाल फुटबल संघ ९एन्फांं० का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि आज (सोमबार) लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ ।

एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्को सूचना निकालिने बताए । ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ । अब, बैठकको लागि अर्को सूचना निकाल्छौँ,’ राईले भने ।

साधारण सभाले गत ६ असारमा नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो ३ बजे बस्ने तय थियो । तर अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि एन्फा सचिवालयले बैठक स्थगित गरेको हो ।