२९ आश्विन २०८३, बिहिबार

चहराएको मनमा मलहम लगाउँदै प्रेस स्वतन्त्रता दिवस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sabin-Priyasan-Dangमे ३, अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । स्वतन्त्र प्रेसको अवधारणासहित विश्वभर यस दिवसको सेरोफेरोमा विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ । नेपालमा पनि नेपाल पत्रकार महासंघको अगुवाईमा देशभर विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा विभिन्न सिर्जनात्मक कार्यक्रमहरु हुने गर्दथ्यो ।

तर यसवर्ष महाभूकम्पका कारण काठमाडौंलगायत देशभर धनजनको व्यापक क्षति भएकाले नेपाल पत्रकार महासंघले औपचारिक रुपमा कुनै पनि कार्यक्रम नगर्ने जनाएको छ । पत्रकार महासंघले यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसलाई बाढीपीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाको कार्यमा समाचारको माध्यमबाट खोजी गर्दै आ–आफ्नो ढंगबाट मनाउन जिल्ला शाखाहरुलाई अनुरोध गरेको छ ।

महासंघको अनुरोधसहितको निर्देशनलाई आत्मसात गर्दै महासंघका शाखाहरुले भूकम्पपीडितहरुको लागि आ–आफ्नो तवरबाट केही दिनयता विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाले पनि भूकम्प पीडितहरुकै लागि राहत संकलन गर्नेलगायतका कार्यहरु जिल्लामा गरिरहेको छ । निश्चय नै सञ्चारकर्मीहरुले समाजमा अन्य जनसमुदायको तुलनामा छिटै प्रभाव पार्न सक्ने भएकाले सञ्चारकर्मीहरुको अगुवाई अथवा सहभागितामा राहत संकलन कार्य अगाडि बढाउँदा मानिसहरुले निर्धक्कका साथ सहयोगी हातहरु फिजाउँछन् । यसैगरी भूकम्पबाट पीडित भएकाहरुको उद्धार, पुनस्र्थापना, राहत र क्षतिपूर्तिका लागि सञ्चार क्षेत्रले गम्भीरताका साथ कलम चलाउने हो भने प्राकृतिक विपत्तिपश्चात् धेरै हदसम्म यसको असरलाई न्यूनीकरण गर्न सहज हुन्छ । सरोकारवालाहरुलाई जिम्मेवार र गम्भीर बनाउने काम पनि सञ्चार क्षेत्रले गर्नुपर्छ, गर्न सक्छ ।

सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस

राहत कार्य सहि तवरबाट वितरण गर्न र यसमा विभेदको कुनैपनि कसिले ननापियोस भन्ने कुराको हेक्का सरोकारवालाहरुलाई राख्नका लागि सञ्चारले खबरदारी गर्नुपर्छ । यसका साथै सञ्चारक्षेत्रले बिपत्तिमा परेको क्षेत्रमा उत्पन्न हुने विभिन्न खालका व्यथितिहरुबाट पनि बचाउने काम गर्न सक्छ । जस्तोकि विपत्ति खेपिरहेको क्षेत्रमा हुने चोरीडकैती, लुटमार, कालोबाजारी लगायतका कार्यहरुलाई रोक्नका लागि सञ्चारले पहरेदारको भूमिका निर्वाह गर्न सक्छ, गर्नुपर्छ । त्यस्तै विपत्ति खेपिरहेको क्षेत्रमा देखापर्ने विभिन्न किसिमका रोगव्याधीको महामारीबाट बच्न र बचाउनका लागि पीडित व्यक्ति र प्रभावित व्यक्तिहरुलाई सजग बनाउने काम पनि सञ्चार क्षेत्रले सचेतना फैलाएर गर्न सक्दछ । प्राकृतिक विपत्ति कसैले चाहेर पनि रोक्ने सक्ने कुरा होइन ।

यतिबेलाको हाम्रो पत्रकारिता महाभूकम्पबाट पीडित भएकाहरुको चौतर्फी उत्थानका लागि नै हुनुपर्छ । प्रभावित क्षेत्रहरुमा उद्धार, पुनस्र्थापना, क्षतिपूर्तिका लागि पत्रकारिता गरिनुपर्छ भने प्रभाव नपरेका क्षेत्रको सञ्चारले राहत संकलन कार्यमा टेवा पुग्ने गरी पत्रकारिता गर्नुपर्छ । नेपाली सञ्चार क्षेत्रले विश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा संस्थागतरुपमा सामाजिक मर्यादासहितको पत्रकारिता गरिरहेका छौं, गर्नेछौं भन्ने कुरालाई स्थापित बनाउन सकेको खण्डमा अझ राम्रो हुनेछ । 

 

यसमा पनि भूकम्प, ज्वालामूखीलगायतका गम्भीर प्रकृतिका प्राकृतिक विपत्तिहरु रोक्न सक्ने तागत र यन्त्र कुनै पनि मुलुकले निर्माण गर्न सकेको छैन । यसबाट बच्न सक्ने केही उपायहरु मात्र छन् । भूकम्प प्रतिरोधात्मक भवन निर्माण, व्यवस्थित बस्ती विकास, खुल्ला स्थानहरु प्रशस्त मात्रामा निर्माण, फराकिलो सडक निर्माणलगायतका कार्यहरु गर्नै पर्दछ, यस्तो गर्न सकेमा मानव समुदायलाई नै बढी भन्दा बढी लाभ हुन्छ भन्ने कुराको जबरजस्त हेक्का जनसमुदायमा स्थापित बनाउने काम सञ्चार माध्यमले गर्न सक्छ । यसैगरी भूकम्प जाँदा कसरी आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सकिन्छ भन्ने कुराका विभिन्न उपायहरु सञ्चार माध्यमबाट पर्याप्तमात्रामा जानकारी गराउन सकिन्छ । भूकम्पमा परी हजारौं व्यक्तिको ज्यान जाँदा हजारौं व्यक्तिहरु बाँच्न पनि सफल भएका छन् । यसको एउटै कारण हो, उनीहरुले कुनै न कुनै माध्यमबाट भूकम्प जाँदा बच्ने उपायलाई तदारुकताका साथ अबलम्वन गर्न अग्रसरता देखाए । जसले गर्दा मृत्युको मुखबाट पनि उनीहरु बाँच्न सफल भए ।

SAbin-priynsuयी र यस्ता धेरै कुराहरुमा सञ्चार माध्यम र सञ्चारकर्मीहरुले भूमिका खेल्न सक्छन् । विश्व प्रेस स्वतन्त्रता दिवस मनाई रहँदा नेपालका पत्रकारहरुले नागरिक समुदायलाई प्राकृतिक विपत्तिबाट जोगाउने दायित्वलाई बहन गर्दै मनाउन सकेको खण्डमा यसवर्षको प्रेस स्वतन्त्रता दिवस मनाएको सार्थक हुन सक्छ । मुलुक बेदनामा छटपटी रहेको समयमा हामी सञ्चारकर्मीहरु विश्व प्रेस स्वतन्त्रता दिवस आफ्नो अधिकारको वकालन गर्दै मनाउन अग्रसर भयौं भने समाजमा हामीप्रतिको दृष्टिकोण नकारात्मक बन्न सक्छ । सिंगो समाजले सञ्चारलाई विशिष्ठरुपमा हेरेकाले अप्ठेरोमा परेको मानव समाजलाई सहज मार्गमा ल्याउने काम पनि सञ्चारको हो ।

नागरिक समुदायका लागि नै सञ्चारकर्मीले पत्रकारिता गर्ने भएकाले विपद्को प्रलयकारी अवस्थामा नागरिक समाजको उद्धारका लागि सञ्चारले विशिष्ठ प्रकारको भूमिका खेल्नुपर्छ । यतिबेला नेपाली सञ्चारक्षेत्रबाट विपत्तिको चपेटामा परेकाहरुले यही अपेक्षा गरिरहेका छन् । अहिले पनि प्रभावित धेरै क्षेत्रहरुमा उद्धारको काम विभिन्न कारणले सञ्चालन हुन सकेको छैन् । त्यस्ता स्थानहरुमा उद्धार कार्य छिटो भन्दा छिटो सञ्चालन गर्नका लागि खबरदारी गर्ने काम सञ्चारले प्रभावकारी तवरबाट गर्नुपर्छ । सर्बसाधारण नागरिकहरु भएमा मात्र सञ्चारको महत्व हुने भएकाले मानवको जीवनका लागि पत्रकारिता गर्नुपर्छ । यतिबेलाको हाम्रो पत्रकारिता महाभूकम्पबाट पीडित भएकाहरुको चौतर्फी उत्थानका लागि नै हुनुपर्छ । प्रभावित क्षेत्रहरुमा उद्धार, पुनस्र्थापना, क्षतिपूर्तिका लागि पत्रकारिता गरिनुपर्छ भने प्रभाव नपरेका क्षेत्रको सञ्चारले राहत संकलन कार्यमा टेवा पुग्ने गरी पत्रकारिता गर्नुपर्छ । नेपाली सञ्चार क्षेत्रले विश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा संस्थागतरुपमा सामाजिक मर्यादासहितको पत्रकारिता गरिरहेका छौं, गर्नेछौं भन्ने कुरालाई स्थापित बनाउन सकेको खण्डमा अझ राम्रो हुनेछ ।

अहिले पनि मुलुक डरलाग्दो अवस्थामा लिप्त छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दाहरु त्रासदीको अवस्थामा छन् । कष्टकर जीवन व्यतित गरिरहेका हजारौं हजार पीडितहरु र सहजरुपमा जीवनयापन गरिरहेका लाखौंलाख व्यक्तिहरु मानसिक त्राशले ग्रस्त छन् । यस्तो अवस्थामा भूकम्पपश्चात् सबैको मनमा गडेको सन्त्रास र मानसिक आतंकलाई न्यूनीकरण गर्नका लागि पनि सञ्चारले भूमिका खेल्नुपर्ने अवस्था छ । अन्यथा अबको धेरैवर्षसम्म लाखौंलाख नेपालीहरु बिछिप्त अवस्थामा रहनेछन् । जसले गर्दा काम गर्ने जोश र जागरमा मन्दता कायम रहनेछ । यस्तो भएमा मुलुकको विकासको रफ्तार धेरैवर्ष पछाडि धकेलिनेछ । मानिस जबसम्म मानसिकरुपमा तयार हुँदैन, त्यसले कुनै पनि काम मनलागेर उद्देश्य अनुरुप पुरा गर्न सक्दैन् । यसअर्थ महाभूकम्पको कहरमा परेर बिछिप्त भएका सबै मनहरुलाई सरलिकृत गर्दै सन्त्रासको छायाँबाट पूर्णरुपले मुक्त बनाउनका लागि नेपाली सञ्चार क्षेत्रले सकारात्मक तबरबाट सञ्चारको जादुमय छडी प्रयोग गर्दै समाजलाई सामान्य अवस्थामा फर्काउनका लागि आफ्नो तर्फबाट निरन्तर भूमिका खेल्नुपर्छ ।

समाचार छिटो सम्प्रेषण गर्ने, वा अरुलाई उछुनेर अनावश्यक चर्चा बटुल्नकै लागि मनगढन्ते तवरबाट हल्का पारामा समाजलाई आतंकित बनाउने किसिमका सामग्रीहरु यतिबेला कुनै पनि सञ्चार माध्यमले सम्प्रेषण गर्नु हुँदैन । यस्तो भयो भने यो भन्दा भद्धा र घिन लाग्दो मजाक केही हुने वाला छैन । सजगता, संयमता, धैयर्ताका साथ सञ्चार क्षेत्रले जटिल अवस्थामा आफूलाई अगाडि बढाउन सकेको खण्डमा जस्तो सुकै गम्भीर परिस्थितिबाट पनि समाजलाई छिटै नै सामान्य अवस्थामा फर्काउन सकिन्छ । 

सञ्चार क्षेत्रले धेरै कुरामा प्रभाव पार्न सक्छ । यसमा दुईमत छैन । महाभूकम्पको बिपत्तिमा मुलुक डुबेको बेलामा समाजलाई पुनः आतंकको घेरामा डुबाउने किसिमले सञ्चार क्षेत्र प्रस्तुत हुनुहुदैन् । यस्तो अवस्थामा जति सक्यो सकारात्मक कोणबाट समाज आतंकित, बिखण्डित नहुने गरी समाचार, लेख, फिचर, सम्पादकीय, कार्यक्रमहरु सम्प्रेषण गर्नुपर्दछ । बिबेकशिल तवरबाट सञ्चारकर्मीले आफ्नो दायित्व विशिष्ठ रुपमा यतिबेला निर्वाह गर्न सकेको खण्डमा विपत्तिको प्रलय र यसले छाडेको भयानक अबशेषहरुलाई पन्छाउन सजिलै सकिनेछ । समाचार छिटो सम्प्रेषण गर्ने, वा अरुलाई उछुनेर अनावश्यक चर्चा बटुल्नकै लागि मनगढन्ते तवरबाट हल्का पारामा समाजलाई आतंकित बनाउने किसिमका सामग्रीहरु यतिबेला कुनै पनि सञ्चार माध्यमले सम्प्रेषण गर्नु हुँदैन ।

यस्तो भयो भने यो भन्दा भद्धा र घिन लाग्दो मजाक केही हुने वाला छैन । सजगता, संयमता, धैयर्ताका साथ सञ्चार क्षेत्रले जटिल अवस्थामा आफूलाई अगाडि बढाउन सकेको खण्डमा जस्तो सुकै गम्भीर परिस्थितिबाट पनि समाजलाई छिटै नै सामान्य अवस्थामा फर्काउन सकिन्छ । विश्वभर प्रेस स्वतन्त्रता दिवस सञ्चार क्षेत्रको अधिकार र कर्तव्य पालनाको सवालमा केन्द्रीत भएर मनाइनेछ । तर यसवर्ष हामी नेपाली सञ्चारकर्मीहरुले भने जनताको लागि प्रेस स्वतन्त्र हुनुपर्छ, हामी जनताकै लागि कर्तव्यनिष्ट पत्रकारिता गर्नेछौं भन्ने कुराको सेरोफेरामा उभिएर भन्दा पनि प्रत्यक्षरुपमा महाभूकम्पको बज्रबाट छियाछिया परेको मनमा मलहम लगाउने गरी सामाजिक उत्तरदायित्व बहन गर्दै मनाउन लागि रहेका छौं । अन्य दिनहरुमा प्रेस स्वतन्त्र भएमा नागरिकको स्वतन्त्रता कायम हुन्छ भन्ने मान्यता हाम्रो थियो, यतिबेला नागरिकहरु प्राकृतिक विपत्तिको आतंकबाट भौतिक र मानसिकरुपमा मुक्त हुन सकेमा मात्र स्वतन्त्र प्रेसको औचित्य र अस्तित्व छ भन्ने निष्कर्षका साथ नेपाली सञ्चार क्षेत्रले सामाजिक अभियानको महान कार्यलाई अगाडि बढाएको हो ।

यतिबेला सकारात्मक पत्रकारिताको मियोमा रहेर महाभूकम्पको प्रलयकारी महाविपत्तिको चपेटाबाट मुलुकलाई निकाल्नका लागि सञ्चार क्षेत्रले जबरजस्त भूमिका निर्वाह गर्नुपर्छ । नेपाली सञ्चार क्षेत्रले यसवर्षको प्रेस स्वतन्त्रता दिवस यी र यस्तै गरेर मनाउन सक्यो भने नेपाली सञ्चार क्षेत्रको यो भन्दा सुन्दर पक्ष अरु केही हुने सक्दैन । कर्तव्य निष्ठ पत्रकारिता गरेको ठहरनेछ । 

 

नेपाल पत्रकार महासंघ र सञ्चार संगठनहरुमा आबद्ध सञ्चारकर्मी र यहाँका एकाध सञ्चारमाध्यमहरु बाहेक सबै जसोले मुलुकले खेपेको पछिल्लो पीडालाई कम गर्ने उद्देश्यका साथ आफूलाई अगाडि बढाएका छन् । राजनीतिक प्रतिशोध साँध्दै अनर्गल प्रचारप्रसार गर्ने सञ्चारकर्मी र सञ्चार माध्यम बास्तबमै सञ्चार क्षेत्रको कलंक हुन । त्यस्ता सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई एकदिन नागरिक समाजले नै तह लगाउँनेछ । यसमा धेरै कुरा व्याख्या विश्लेषण गर्नुपर्छ जस्तो लाग्दैन् । यतिबेला सकारात्मक पत्रकारिताको मियोमा रहेर महाभूकम्पको प्रलयकारी महाविपत्तिको चपेटाबाट मुलुकलाई निकाल्नका लागि सञ्चार क्षेत्रले जबरजस्त भूमिका निर्वाह गर्नुपर्छ । नेपाली सञ्चार क्षेत्रले यसवर्षको प्रेस स्वतन्त्रता दिवस यी र यस्तै गरेर मनाउन सक्यो भने नेपाली सञ्चार क्षेत्रको यो भन्दा सुन्दर पक्ष अरु केही हुने सक्दैन । कर्तव्य निष्ठ पत्रकारिता गरेको ठहरनेछ । राष्ट्र र राष्ट्रियताप्रतिको खरो पहरेदारी, जिम्मेवारी पनि नेपाली सञ्चारले यस्तै कार्य गरेर निर्वाह गर्नेछ । विश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा शुभकामना ।
([email protected])