२९ आश्विन २०८३, बिहिबार

वैदेशिक रोजगारीमा कतारमा रहेकाहरूको सदभाव युवा समाजको सहयोग यस्तो छ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन। वैदेशिक रोजगारीका लागि कतारको दोहास्थित यरवयजमा कार्यरत नेपाली युवा संगठित सदभाव युवा समाजले भक्तपुरस्थित सनातन पितृमुक्ति समाज तथा जेष्ठ नागरिक समाजको भवन र पुस्तकालय बनाउन आर्थिक सहयोग गरेको छ।

मध्यपुर ठिमी–३ स्थित गठ्ठाघरमा निर्माणाधिन उक्त भवनका निम्ति समाजले ३४ हजार ५ सय रुपैंया अध्यक्ष खेमप्रसाद सुवेदीलाई हस्तान्तरण गरिएको हो। यस्तै, उक्त समाजको नेपाल कार्यालयबाट १६ हजार ६०० गरी जम्मा ५१ हजार एक सय समाजका अध्यक्ष प्रदिप रुपाखेतीसहितको टोलीले कार्यक्रम जरी हस्तान्तरण गरेको हो।

यसैगरी सुवेदीले व्यक्तिगत रुपमा स्व. आमा दुर्गादेवी रुपाखेतीको नामबाट उक्त भवनका लागि ५१ हजार ५ सय हस्तान्तरण गरेका छन्। संस्थाका सचिव बाबुराम दाहालले स्व. बुवा हेमप्रसाद दाहालको नाममा ५१ हजार ५ सय १ रुपैंया भवन निर्माणार्थ हस्तान्तरण गरेका हुन्।

समाज सेवामा सक्रिय रहेको संस्थाले ७ साउनमा सिन्धुलीको रातामाटा झागाझोलीको एउटा गाउँमा निशुल्क शल्यक्रिया सुविधासहितको आँखा शिविर सञ्चालन गरिने सुवेदीले बताए।

उक्त संस्थाले प्राकृतिक विपत्तिमा समस्यामा परेकाहरूलाई पनि विभिन्न प्रकारको सहयोग गर्दै आएको छ। ०६४ सालमा समाज सेवाका निम्ति कतारमा गठित संस्था ०७४ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आधिकारिक रुपमा दर्ता भएको थियो।