२९ आश्विन २०८३, बिहिबार

भूकम्पपछि ग्राण्डी अस्पतालको सेवा पूर्णरुपमा सुचारु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Grande-hospital-1 (1)काठमाडौं, २० वैशाख । गत शनिबार आएको बिनाशकारी महाभूकम्पबाट प्रभावित भएको सेवा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आइतबारबाट उपचारसेवा पूर्णरुपमा सुचारु गरेको छ ।

अस्पतालका सम्पूर्ण ओपिडि सेवापनि आजवाट पूर्ण रुपमा सुचारु भएको र सबै अपरेशन थिएटरहरु पनि सुचारु रहेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिनुभएको छ ।

भूकम्प प्रबिधि राष्ट्रिय समाज नेपालले भूकम्पपछि अस्पताल भवनको निरीक्षण गरी भवन उपचार सेवाकालागि उपयुक्त रहेको ठहर गरी ग्रिनकार्ड समेत दिइसकेको छ ।

बैशाख १४ गते एनसेटको बिशेषज्ञ सहितको टोलिले भवनको प्राबिधिक परिक्षण गरी अस्पतालका तीनवटा भवनमध्ये दुईवटा भवनमा कुनै पनि क्षति नभएको र एउटा भवनका नन स्ट्रक्चरल कम्पोनेन्ट गाह्रो (ब्रिक वाल), फल्स सिलिङमा केही क्षती भएको भन्दै मर्मत गरी संचालन गर्न योग्य रहेको सुझाएको थियो ।

अस्पतालले भूकम्प पश्चात हालसम्म छ सय जना भन्दा बढी भूकम्प प्रभावित घाईते तथा बिरामीको निःशुल्क स्वास्थ्य उपचार, औषधि बितरण, प्रयोगशाला परिक्षण, रेडियोलोजि परिक्षण, साथै लाईफ सेभिङ सर्जरी गरिसकेको छ ।

जसमध्ये ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ५० जना भन्दाबढीको शल्यकृया समेत निःशूल्क गरेको छ । अस्पतालमा उपचारका लागि आएका सम्पूर्ण भूकम्प प्रभावितलाई अस्पताल परिसरभित्र नै निःशुल्क आश्रय र खानाको व्यवस्था समेत गरेको छ ।

भवन पूर्ण रुपमा सुरक्षित रहेकोले सबैलाई उपचारका लागि आउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल प्रशासनले अनुरोध समेत गरेको छ ।