५ कार्तिक २०८३, बिहिबार

नेपाल लाइफ इन्स्योरेन्सको सीइओमा प्रविण रमण पराजुली नियुक्त

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ साउन । नेपालकै ठूलो जीवन बीमा कम्पनीका रुपमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रमण पराजुली नियुक्त भएका छन् ।

उनलाई कम्पनीले आगामी कार्यकालका लागि सीइओमा नियुक्त गरेको हो ।

नेपाल लाइफले पराजुलीलाई शुक्रबार सिनियर डीसीईओबाट बढुवा गरेर प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो ।

उनी गत पुषमा रिलायन्स लाइफ छाडेर नेपाल लाइफमा सिनियर डिसिओको कार्यभार सम्हालेका थिए ।

नेपाल लाइफको सञ्चालक समितिको ३४१ औं बैठकले कम्पनीको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त पदमा पराजुलीलाई नियुक्त गरेको हो ।

‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ ’ को निर्देशन नं. २८ बमोजिम नियुक्ति गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।