
जाजरकोट, ३२ असार । भेरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो।
जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष कालीबहादुर खत्रीले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र हस्तान्तरण गरेपछि भेरी नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको हो।
राष्ट्रिय खोप तालिका अनुसार नगरका १३ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दीपक वलीले जानकारी दिए। उनले खोपको महत्व बारेमा घोषणा कार्यक्रममा सहभागीहरुलाई जानकारी गराएका थिए।















प्रतिक्रिया