
वीरगञ्ज, ३२ असार । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु धमाधम पार्टी छोड्नेको लहर चल्न थालेको छ ।
अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा छुट्टै केन्द्रीय समिति बैठक आयोजना गरेपछि नेताहरुले पार्टी परित्याग गर्न थालेका छन् ।
पर्साका दुई जना केन्द्रीय सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेका छन् ।
पार्टीमा स्वच्छाचारिता बढेको, एकलौटी ढंगबाट संचालन भएको, नीति, नियम र नेतृत्व प्रष्ट नभएको र पार्टीको संगठनात्मक संरचना अनुसार चल्नुपर्नेमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको, जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरू चंगुलमा पार्टी डुब्दै गएको आरोप लगाउँदै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।
शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य वीरेन्द्र यादव र टेकबहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, जिल्ला सदस्य एवं जगरथापुर गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण मोहन यादव, पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का अध्यक्ष लालबाबु साह, जिराभावानी गाउँपालिका संयोजक राजबली यादव, ठोरी गाउँपालिका संयोजक रामबहादुर पाख्रिन लगायतले सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
हेर्नुहोस् राजीनामाः
















प्रतिक्रिया