१ कार्तिक २०८३, शनिबार

जसपाका यी चर्चित केन्द्रीय नेताहरु एमाले प्रवेश

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । नेकपा (एमाले)मा पार्टी प्रवेशको रौनकता रोकिएको छैन । त्यसै क्रममा शुक्रबार जनता समाजवादी पार्टी (जसपा) दुई केन्द्रीय सदस्य तथा दुईजना मधेश प्रदेश सदस्य एमाले प्रवेश गरेका छन् ।

जसपाका संघीय परिषद् सदस्यद्वय भोला मिश्र र अमरेन्द्र कुमार झा तथा मधेश प्रदेश सदस्यममता मिश्र पाठक र विमला भट्टराई एमालेमा गएका हुन् ।

उनीहरुलाई पार्टी कार्यालय च्यासलमा पार्टी महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले स्वागत गरेका छन् ।

कार्यक्रममा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थायित्वका लागि हाम्रो पार्टीलाई बलियो शक्तिका रुपमा विकास गर्नका लागि नवप्रवेशीहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

महासचिव पोखरेलले भने– हाम्रो पार्टीप्रति मधेशमा हिजो घृणा भाव थियो तर एमाले के हो भन्ने त्यहाँका जनताले बुझेपछि आज त्यो घृणा समर्थनमा बदलिएको छ ।

मधेशमा अहिले हाम्रो पार्टी प्रति व्यापक जनलहर चलिरहेको छ । आगामी निर्वाचनमा मधेशमा एमालेको बहुमतलाई कुनै पनि शक्तिलेरोक्न नसक्ने महासचिवले बताए । उनले भने– तपाईंहरूको प्रवेश राष्ट्र र राष्ट्रियता जोगाउने अभियानमा कोशेढुंगा सावित हुनेछ ।

एमालेमा प्रवेश गर्नुभएकाहरूका तर्फबाट जसपाका संघीय परिषद सदस्य भोला मिश्रले जसपाको मूल नेतृत्वमा दम्भ, जातीय संकीर्णतार एकात्मकवादी चिन्तन रहेका कारण पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको बताए ।