
काठमाडौँ, ३१ असार । इमानदार र अब्बल राष्ट्रसेवकको छवि बनाएका सर्वेन्द्र खनालले राजनीतिमा सानदार रूपमा उदाउने संकेत गरेका छन् ।
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक भैसकेका सर्वेन्द्र खनालको राजनैतिक दौडधुप निकै बढेको छ । उनी दिनहुँ युवाहरु सङ देश निर्माणको विषयमा छलफलमा छन् ।
प्रहरी हुँदा निडर अगुवाको छवि बनाएका खनाललाई विभिन्न आरोपहरु लगाएर कमजोर बनाउने प्रयास गरिएको थियो । ऊनी राजनीतिमा आए भने सबैलाई चुनौती दिनसक्ने आकलन राजनीतिम वृत्तमा देखिन्छ ।
पुर्व डिआइजी रमेश खरेल हुँदै पत्रकार रवि लामिछानेले नयाँ पार्टी बनाएर गएको अवस्थामा सर्वेन्द्रले किन पार्टी निर्माणमा ढिलाइ गरिरहेका छन् भन्ने प्रश्न खनाल माथि उठेको छ ।
खनाल भने परिपक्व तरिकाले भरपर्दो पार्टी बनाएर जाने तयारीमा छन् । खनाल देशका विभिन्न जिल्लाहरुमा पुगेर टिम निर्माण गरिरहेका छन् ।
गत हप्ता मात्र खनालले पूर्वी नेपालको भ्रमण गरेका थिए । काठमाडौँ आए लगत्तै कास्की बाग्लुङको भ्रमण सकेर काठमाडौँ फर्किएका छन् ।















प्रतिक्रिया