
काठमाडौँ, ३१ असार । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ ।
हालै इसेवा र ब्रिटिस काउन्सिलबीच भएको अनलाइन भुक्तानी सम्झौताबमोजिम ब्रिटिस काउन्सिलले लिने आइएलटिएस परीक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो ।
अबदेखि आइएलटिएस परीक्षा दिने परिक्षार्थीले आफ्नो इसेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्नेछन् ।
साथै नजिकै रहेका इसेवाको ऐजेन्ट नेटवर्कमार्फत समेत शुल्क भुक्तानी गर्न सकिनेछ । विद्युतीय भुक्तानी प्रविधिले विद्यार्थीहरुलाई सहजता पुग्ने अपेक्षा गरिएको छ ।
इसेवाले हाल ५७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि दुर्गम विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सुरक्षित, भरपर्दो र छिटो छरितो सेवा सुविधा प्रदान गर्दै आफूलाई विश्वनिय विद्युतीय भुक्तानी प्रदायक संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ ।















प्रतिक्रिया