१ कार्तिक २०८३, शनिबार

अदालतको फैसलापछि एआईजी पोखरेल के गर्छन् ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । सर्वोच्च अदालतले नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिट खारेज गरिदिएको छ ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा जुनियर एआईजीलाई आईजीपी बनाइएको भन्दै वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

शुक्रबार सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको इजलासले एआईजी पोखरेल र तत्कालिन तीन डीआईजीले एआईजी सिफारिसविरुद्ध दायर गरेको रिट खारेज गरिदिएको हो ।

एआईजी पोखरेल वैशाखदेखि नै निरन्तर विदामा छन् । अदालतको फैसलापछि पोखरेलले के गर्छन् भन्ने चासोका विषय बनेको छ ।

उनले राजीनामा दिन्छन् वा काममा फर्किन्छन् भन्नेबारे केही यकिन भइसकेको छैन ।

आफ्नो रिट खारेज भएपछि पोखरेलले संक्षिप्त प्रतिक्रिया दिँदै आफूले सल्लाह गरेर निर्णय गर्ने बताए ।

पाँच दिनको बहसपछि इजलासले यो फैसला गरेको हो ।

यसअघि जेठ ३० तथा असार ५, १३ र १९ गते पनि बहस भएको थियो भने शुक्रबार जवाफी बहसपछि फैसला जारी गरिएको हो ।