
कपिलवस्तु, ३१ असार । शिवराज नगरपालिका-१ बनकासबासास्थित सडकमा ना. ३ ख ८०४२ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने गोपाल परियारको छोरा ७ वर्षीय बिमल परियारको शुक्रबार बिहान मृत्यु भएको छ ।
बाटो क्रस गर्ने क्रममा उक्त ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको स्थानीय संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया