
काठमाडौँ, ३१ असार । सरकारले साउनभित्र सिंहदरबारबाट ग्यास सिलिण्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गरेको हो ।
आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटको बुँदा नं. २५३ को प्रभावकारी कार्यान्वयन गर्न भनेको छ ।
बजेटको सो बुँदामा भनिएको छ, ‘सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।’ यो बुँदा कार्यान्वयन गर्न अब सिंहदरबारका सबै क्यान्टिनबाट ग्याँस सिलिन्डर विस्थापित हुनु पर्ने भएको छ ।
पत्र प्राप्त भएसँगै मन्त्रालयहरुले प्रक्रिया अघि बढाएका छन् ।















प्रतिक्रिया