१ कार्तिक २०८३, शनिबार

मन्त्री कार्कीले पत्रकारलाई धम्की दिएको प्रति महासंघको ध्यानाकर्षण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३१ असार । नेपाल पत्रकार महासंघले प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पत्रकारलाई लक्षित गर्दै दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्री कार्कीले विराटनगर महानगरपालिका–१२ स्थित सुकुम्वासी बस्ती निर्माणका लागि प्रदेश सरकारले ल्याएको बजेटका बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर अन्तर्वार्ताका क्रममा पत्रकारलाई नै धम्कीपूर्ण भाषा प्रयोग गरेका महासंघ मोरङ शाखाले जनाएको छ ।

कार्कीले असार २७ गते सोमबार दिएको अन्तर्वार्तामा मन्त्री कार्कीले ‘समाचार लेख्ने पत्रकारले बलात्कार ग¥यो भनेर समाचार आए उसले खण्डन गर्न सक्छ ?’ भन्ने जस्ता धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचारमा जान सकिने प्रावधान रहेको उल्लेख गर्दै मन्त्रीजस्तो गरिमामय र जिम्मेवार पदमा आसिन व्यक्तिबाट व्यक्त भएका धारणा आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी भएको बताएका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘पत्रकारलाई पेशा प्रति हतोत्साहित र असुरक्षित बनाउने यस किसिमको धम्कीको कडा भत्र्सना गर्दै महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकार र स्वतन्त्रताको ख्याल र सम्मान गरी यस्ता हर्कत नदोहो¥याउन प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’