
काठमाडौँ, ३१ असार । केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूरमा डेढ करोड जरिवाना र एक महिना कैद तोकिएकी फरार अभियुक्त बन्दना उप्रेतीलाई पक्राउ गरेको छ ।
फरार बन्दनालाई ब्यूरोको एक टोलीले बिहीबार काठमाडौँको चण्डोलबाट पक्राउ गरेको हो ।
उप्रेतीविरुद्ध २०७५ फागुन ५ गते प्राइम कमर्सियल वैंक लिमिटेड, बागबजार शाखामा रहेको उनको खाताबाट रकम भुक्तान हुने भन्दै रकम नभएको खाताको चेक काटेर झुक्याएको भन्दै जाहेरी दर्ता भएको थियो ।
उच्च अदालत पाटनले २०७९ असार ५ मा उनीविरुद्ध कसूर ठहर गर्दै बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको ३० दिन कैद र १ करोड ५९ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
पक्राउ गरी अदालतको फैसला कार्यान्वयनका लागि ब्यूरोले उनलाई ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्यूरोले विज्ञप्तिमार्फत जनाएको छ ।















प्रतिक्रिया