१ कार्तिक २०८३, शनिबार

बिहीबार बेपत्ता दुई बालकको वागमती नदी किनारमा शव फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३१ असार । रौतहटको वागमती नदीमा बिहीबार दिउँसो हराएका दुई जना बालकको शव भेटिएको छ ।

बिहीबार विद्यालयबाट फर्किएर वाग्मती नदीमा नुहाउन पसेका दुर्गाभगवती गाँउपालिका– ३ मत्सरीका १३ वर्षीय हर्षकुमार झा र वडा नं. २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका थिए ।

उनीहरुको खोजीमा गोताखोरसहित सुरक्षाकर्मीहरु परिचालित भए पनि बिहीबार भेटिएका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार झाको शव दुर्गाभगवती–५ बहुअर्वामा र आदित्य झाको शव वडा नंं ३ पर्साटोलमा वाग्मती नदी किनारमा भेटिएको जनाएको छ ।