१ कार्तिक २०८३, शनिबार

मोरङ कारागारमा कोरोना जोखिम, एकको मृत्यु, १८ जना अस्पतालमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । जिल्ला कारागार मोरङमा कोरोना संक्रमण फैलिएको छ ।

विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनदेखि संक्रमण फैलिरहेको छ ।

कारागारले १९ जनालाई कोशी अस्पताल भर्ना गरेकोमा एक जनाको बिहीबार नै मृत्यु भएको छ । १८ जना उपचाररत छन् ।

जसमध्ये १६ जनामा कोरोना पुष्टि देखिएको छ । दुई जनालाई भने कोरोना नेगेटिभ देखिए पनि लक्षण भने मिल्दोजुल्दो रहेको छ ।

कारागारमा एक हजार ८७ जना कैदीबन्दी रहेका छन् । जुन कारागारको क्षमता भन्दा ३०० भन्दा बढी हो ।

बिहीबार अस्पतालमा भर्ना गरिएकाहरुको कोरोना पोजेटिभ देखिएको र सबैको परीक्षण गराउने तयारी भइरहेको कारागार प्रशासनले जनाएको छ ।

बिहीबार अत्यधिक ज्वरो आएपछि कोसी अस्पतालमा गरिएकामध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो ।

उनको कोरोनासँग मिल्दोजुल्दो लक्षण रहे पनि परीक्षण नगरिएको जनाइएको छ । ज्यान मार्ने मुद्दामा सजाय काटिरहेका उनलाई १०४ डिग्री ज्वरो आएको थियो । उनको शव परिवारले बुझिसकेका छन् ।