२९ आश्विन २०८३, बिहिबार

भूकम्पपीडितका लागि अर्घाखाँची प्रवासी मञ्चले साउदीमा राहत संकलन सुरु गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aargakhachi-rahat साउदीअरब । शनिवार नेपालमा आएको महाभूकम्पबाट पीडित बनेका नेपाली दाजुभाई तथा दिदीबहिनीलाई सहयोग गर्न सहयोग गर्न अर्घाखाँची प्रबासी सम्पर्क मञ्च साउदी अरबले राहत संकलन अभियान सुरु गरेको छ ।

शुक्रबार साउदीको दम्माममा बसेको मञ्चको आपतकालिन बैठकले नेपालका भूकम्प पीडितलाई सहयोग गर्न साउदी अरबमा राहत संकलन समिति गठन गर्दै राहत संकलन अभियान सुरु गरेको जनाएको छ ।

Aargakhachi-rahat-1‘यस बिपतको घडीमा हाम्रो सानो सहयोगले बिस्थापित भएको नेपाल आमाको सन्तानलार्इ केहि मात्रामा पनि सहयोग गर्ने छ ।’ मञ्चद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

बैठकले गठन गरेको राहत संकलन समितिमा रहेका गिरिराज खनाल, राम कुँवर, शोबाखर भट्टराई, बिष्णुप्रसाद खनाल, तिलक श्रेष्ठ, गुणनिधि भुसाल, भोजराज खनाल, सुनिल खनाल, मदन श्रेष्ठ ओम कार्की, राम बहादुर बिक, हिमनाथ भुसाल, शोभाकर खनाल, माधब पौडल, जुद्ध बहादुर थापा पहिलो चरणमा आगामी शुक्रबार सम्म प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुर्इ लाख रुपैयाँ पठाउने निर्णय समेत गरेको छ ।

समतिले अझै तिव्र रुपमा राहत संकलन गरिरहेको अर्घाखाँची प्रवासी सम्पर्क मञ्चद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
मञ्चले देश विदेशमा छरिएर रहेका सम्पुर्ण नेपालीलाई आपतबिपतको बेला देशलाई सक्दो सहयोग गर्न आग्रह समेत गरेको छ ।