
काठमाडौँ, २६ असार । जि.डब्लु.एम–नेपालले आफ्नो विश्व स्तरीय जि.डब्लु.एम बिक्रीपछिका सुविधा सहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ ।
कम्पनीका अनुसार, विक्री पछिको यो नयाँ सुविधा जि.डब्लु एमको विश्वस्तरीय सुविधाहरु मापदण्डसहित निर्माण गरिएको हो ।
बिक्री पछिको सुविधा सम्पन्न यस सर्भिस सेन्टरले १५,०००+ वर्ग फिट क्षेत्र ओगटेको छ । यसमा प्रतिमहिना ६००+ सवारी साधनहरुको दु्रत सेवा प्रदान गर्ने क्षमताको साथ ६ कक्षहरु रहेका छन् ।
जि.डब्लु.एमका ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नको लािग यो सुविधाहाई–टेक उपकरण र राम्रो प्रशिक्षित प्राविधिकहरुले सुसज्जित छ । सुवधायुक्त एक बलियो असली मौज्दात कायम गरी स्पेयर पाट्र्सको सुपथ मूल्यमा उपलब्ध गराइएको छ ।

कुराकानीको क्रममाजि.डब्लु.एम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले भने, “तपाईहरुको गाडीको जिम्मा सुरक्षित हातमा दिनु भएको छ जसको हाम्रा प्रशिक्षित प्राविधिकहरु अत्याधुनिक सुविधाहरु सेवा केन्द्र र विशिष्ट ग्राहक सेवामार्फत सेवा प्रदान गर्नेछौँ । हामीले यस सेवामार्फत तपाईको गाडीको हेरचाह मात्र नभई गाडीको तपाईको स्वामित्व अवधिभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौँ । तपाईको गाडी हाम्रा प्रशिक्षित प्राविधिकहरु, अत्याधुनिक सुविधा र विशिष्ट ग्राहक सेवाका साथ सुरक्षित हातमा छ । यो सेवा तपाईको गाडीको हेरचाह गर्नु भन्दा बढी हो, तपाईलाई यो सुनिश्चित गर्दछौँ की आफ्नै स्वामित्व अनुभवमा हेरचाह पाउनु हुने छ ।”

जि.डब्लु.एम सर्भिसका उपमहाप्रबन्धक अजित पटेल थप्छन्, “हामीसँग जि.डब्लु. एमको सबै जि.डब्लु.एम दायराका सवारी साधनहरु ह्यान्डल गर्न सक्षम जि.डब्लु. एमको विश्वस्तरीय सुविधा छ । हामी नवीनतम डायग्नोस्टिक उपकरण असली पाट्र्सहरु प्रयोग गर्दैछौँ ताकी तपाईको गाडीले उत्कृष्ट सेवा प्राप्त गरोस् र यो जसरी चल्नुपर्ने हो त्यस्तै वास्तविक अवस्थामा चलोस् । हामी व्यक्तिगत कृत सेवा अनुभव प्रदान गर्दछौँ । तालिका निर्धारित अन्तराल सेवाहरु, दु्रत सेवाहरु र बिदा भ्रमणहरुमा बाहिर जानु अघि विशेष जाँचहरु रहेका छन् तपाईसँग व्यक्तिगत कृत र तपाईहरु प्रति समर्पित उच्च स्तरका सेवा प्राप्त गर्नुहुनेछ किनभने तपाईको जि.डब्लु.एम र हाभलको बारेमा हामी भन्दा बेसी अरुलाई थाहा छैन ।”
जि.डब्लु.एम नेपालको बारेमा
भि.जी ईम्पेक्स प्रा.लिमिटेड (जि.डब्लु.एम–नेपाल) नेपालको लागि जि.डब्लु.एम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता र वितरक हो । जि.डब्लु.एम–नेपालले हाल नेपालमा हाभल एच् ६, हाभलजो लायन र पावर जस्ता लोकप्रिय ग्लोबल मोडलहरू बिक्री गरिरहेको छ ।
जि.डब्लु.एम–नेपालले जि.डब्लु.एम नयाँ पुस्ताका उपभोक्ताहरूलाई सबैभन्दा भरपर्दो स्रोत विद्युतीय सवारी साधन र ड्राइभिङ अनुभवको अपेक्षा भन्दा बाहिरको आनन्द लिने जि.डब्लु.एम–को विश्वव्यापी रणनीति पछ्याउँदै नेपालमा ओरा गुड क्याट ईभी पनि ल्याउने योजना बनाएको छ ।
जि.डब्लु.एमको बारेमा
ग्रेट वालमोटर जि.डब्लु.एम चीनमा आधारित एक विश्व प्रसिद्ध एस्यूभी र पिक अप निर्माता कम्पनी हो । जि.डब्लु.एमसँग हाल चार ब्रान्डहरू छन् । जुन हाभल, वे, ओरा र जि.डब्लु.एम पीकअप हुन् ।
चिनियाँ बजारमा, एस्यूभीएस् र पीकअप्स धेरै वर्षदेखि लगातार बिक्रीको नेतृत्व गर्दै आएका छन् । यसबाहेक, अन्तर्राष्ट्रिय स्तरमा, जि.डब्लु.एम विश्वव्यापी रूपमा जाने पहिलो चिनियाँ अटो उद्यमहरूमध्ये एक हो ।
जि.डब्लु.एम ले एस्यूभी र पिकअपसहित १९९८ मा सवारी साधनहरू निर्यात गर्न थाले। हालसम्म ६० भन्दा बढी देश र क्षेत्रहरूमाबजार लेआउट पूरा भइसकेको छ ।
२०१८ को अन्त्य सम्म, जि.डब्लु.एमसँग रुस, दक्षिण अफ्रिका, अष्ट्रेलिया, मध्यपूर्व, अफ्रिका, दक्षिण अमेरिका र एशिया प्रशान्त जस्ता क्षेत्रीयबजारहरू कभर गर्ने ४०० भन्दा बढी विदेशी नेटवर्कहरू बनाएका थिए र कुल विदेशी बिक्री ६००,००० ईकाइहरू भन्दा बढी रहेका थिए ।
जि.डब्लु.एम विश्वव्यापी मोटर वाहन नेतृत्व लिन तयार छ । २०२५ सम्ममा विश्व बजारमा ४० लाख सवारी साधन बिक्री गर्ने लक्ष्यलाई पछ्याउँदै, ग्रेट वालमोटरले आफ्नो बिक्रीको ८०% भन्दा बढी हिस्सा नयाँ–ऊर्जाका सवारी साधनको हुने अपेक्षा गरेको छ ।















प्रतिक्रिया