१ कार्तिक २०८३, आइतबार

एलन मस्कले तोडे ट्वीटरसँगको ४४ बिलियन डलरको सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । एलन मस्कले ट्वीटरसँगको ४४ बिलियन डलरको सम्झौता तोडेका छन् । यससँगै मस्कले अब ट्वीटर खरिद नगर्ने भएका हुन् । ट्वीटरले झुठा अकाउन्ट नम्बरहरुको विवरण दिन नसकेको भन्दै एलन मस्कले ट्वीटरसँगको सम्झौता तोडेका हुन् । यसले ट्वीटरको भविष्य अन्योलमा पारिदिएको छ ।

मस्कले ट्वीटरलाई आफ्नो प्रयोगकर्तामा बोट ५ प्रतिशत भन्दा कम भएको प्रमाणीत गर्न भनेका थिए, जुन ट्वीटरले पूरा गर्न सकेन ।

ट्वीटरले मस्क विरुद्ध कानूनी कारबाही गर्ने निर्णय लिएको छ । यो बिचमा ट्विटरको स्टक १४ प्रतिशतले कम भएको थियो र मस्कले ट्वीटरको सम्झौता खारेज गरेपछि ट्वीटरको स्टक अझै ५ प्रतिशतले कम भएको छ ।