
-विजय थापा
डीसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा २ दशक देखि बस्दै आएका ९ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड (विश्वकीर्तिमानी )कराते खेलाडी उज्ज्वल ठकुरीलाई कराते बिश्व प्रतियोगितामा (च्याम्पियन) कास्य पदक प्राप्त भएको छ ।
उनले अमेरिककाको प्रतिनिधित्व गर्दै पदक हात पार्न सफल भएका छन् । गत जुलाई २ देखि ७ सम्म फ्लोरिडा राज्यमा संचालन भएको बिश्व कराते प्रतियोगितामा उनी लगायत अन्य दुई खेलाडी सहितले समूह भिडन्त(कुमिते)मा तेश्रो स्थान हासिल गरेका छन् ।
अमेरिकामा १० औ डब्लुयुकेएफ वर्ल्ड कराते च्याम्पियनशिप २०२२ फ्लोरिडाको फोर्थ लाउडरमा भएको थियो । यो खेल खेल्न अमेरिकाको दुई वटा राष्ट्रिय कराते संघले मात्र देश भरि छनौट गर्छ ।

ठकुरीले युएसएकेएफएद्वारा (युनाइटेड स्टेट अफ अमेरिका कराते फेडेरेसन) खेलेका हुन् । एएयु र युएसएकेएफ दुई राष्ट्रिय संघ हुन् जसले अन्तर्राष्ट्रिय खेलाडी छनौट गर्न पाउछ ।
ठकुरीले युएसएकेएफबाट अमेरिका देशको लागि बिश्व च्याम्पियन खेल खेल्न अनुमति पाए । कराते खेलाडी ठकुरी दुई खेलमा छनौट भएका थिए । पहिलो ११५ कुमुते शोबू सानबोन मेल भेटेरेंस खुला नामक प्रतियोगितामा एकल भिडन्त खेलमा उज्ज्वल ठकुरी प्रथम चरण मै मेक्सिको राष्ट्र सँग २–१ ले पराजित भएका थिए ।
त्यसै गरि दोस्रो खेल १३२ कुमिते टिम रोटेसन शोबू सानबोन मेल(पुरुष)खेलमा ३ जनाको टोली हुन्छ भने उक्त प्रतियोगितामा भिडन्त (फाइट )६ मिनेटको हुन्छ ।
यो खेल समूहमा ९ पटक बिश्व किर्तिमान ठकुरीसंग अमेरिकाबाट २ पटक बिश्व च्याम्पियन खेलाडी क्रिस विल्क्स तथा हिसाओ ओसाको एकै टोलिमा थिए ।
खेल प्रतियोगतामा ३ खेलाडीहरुले कास्य पदक पाएका थिए । यो खेलमा सेमीफाइनलमा पोर्तुगलसंग १०–८ अङ्कमा अमेरिकाले पराजित हुनु पर्यो भने पोर्चुगलले दोस्रो स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा इगंल्याण्ड प्रथम भएको थियो ।

यो खेलमा १९०० खेलाडीहरु थिए भने ३४ राष्ट्रले भाग लिएका थिए । यो डब्लुयुकेएस कराते खेलमा बिश्वकप पनि हुन्छ । विश्व च्याम्पियन पनि हुन्छ र यूरोप च्याम्पियन पनि हुन्छ तर बिश्व प्रतियोगिता प्रत्येक दुई बर्षमा हुने गर्छ ।
ठकुरी ९ पटक बिश्व किर्तिमान मात्र नभएर बिश्व प्रतियोगतामा खेलमा कास्य पदक हात पारि विश्व विजेता पनि बन्न सफल खेलाडी भएका छन् ।
नेपालले भाग लिन नसकेता पनि नेपालले पनि जितेको सरह हो । विश्वकीर्तिमानी ठाकुरी मलाई हौसला प्रदान गर्ने, माया गर्ने र सहयोग गर्ने सबैलाई विशेष धन्यवाद ठकुरीले दिन चाहेको बताए ।














प्रतिक्रिया