१ कार्तिक २०८३, आइतबार

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ नेपाल आउँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओको टोली नेपाल भ्रमणमा आउँदैछ ।

लिउ नेतृत्वको आठ सदस्यीय टोली चार दिने नेपाल भ्रमणका लागि आज आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपालले एमसीसी पारित गरेपछि चीनबाट पहिलोपटक उच्च तहको भ्रमण हुन लागेको हो ।