२९ आश्विन २०८३, बिहिबार

गोरखाको आहतमा सिद्धार्थको राहत (हेर्नुस फोटोहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha-rahat (1)

– नरेश केसी
गोरखा, २० वैशाख । महाभूकम्पको कारण क्षतविक्षत भएको गोरखा जिल्लाको गाउँका जनताहरुको आहतमा राहतको मलम लगाउन रुपन्देहीका संघसंस्थाहरु गाउँमा पुगेका छन् ।

राहतका सामग्रीहरु सदरमुकाम गोरखामै थन्किदा वास्तविक भूकम्प पीडित गाउँका जनताले राहत पाउन नसकेको अवस्थामा रुपन्देही सदरमुकाम भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघले १२ लाख मूल्य बराबरको राहत सामग्री बोकेर गोरखाको गाउँगाउँमा पुगेको हो ।
संघका अध्यक्ष रामकुमार शर्माको नेतृत्वमा गएको सिद्धार्थको टोलीले गोरखाको नागेश्वर, बक्राम गाबिस, ताकुकोट, नार्सल गाउँ, डाँडाँगाउँ, घलाङ गाउ, दुम्सुरी गाउमा राहत सामग्री वितरण गरेको थियो ।

राहत सामग्री प्राप्ती पश्चात गोरखा सदरमुकामदेखी २२ किलोमिटर पुर्व दक्षिणमा रहेको बक्राका बासिन्दा भीम बहादुर आले ७ दिनदेखी मान्द्रा र बोराले ढाकेको शिर त्रिपालले ढाक्न पाउने भएकोमा खुसी देखिन्थे । सोही गाविसकी करिब ७० वर्षिय अनिसरा विकले पहिलो पटक चिउरा र दालमोट पाएकोमा हर्षका आसु खसाल्दै भनिन् : तपाईहरुको जय होस् ।

करिब ४ सय घर पुर्ण रुपमा क्षतविक्षत भएको सो गाविसमा पहिलो पटक सिद्धार्थ उद्योग वाणिज्य संघको टोलीले बक्रांगलाई सम्झेकोमा गाविस सचिव कर्ण बहादुर थापाले धन्यावाद दिए । स्थानिय युवा झकबहादुर आलेको सक्रियतामा सो गाविसमा सिद्धार्थले राहत सामग्री पुराएको थियो ।

गोरखाको दुरदराज भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुराउन पाएकोमा सिद्धार्थका अध्यक्ष रामकुमार शर्मा खुसी देखिन्थे । सिद्धार्थका पदाधिकारीहरु उपाध्यक्ष कुलप्रसाद न्यौपाने, महासचवि भिस्म न्यौपाने, सचिव नेत्र आचार्य, कोषाध्यक्ष जिवलाल अर्याल, सदस्यद्धय गोविन्द ज्ञवाली र रवि श्रेष्ठ, कर्मचारी सरोज ठकुरी, प्रकाश न्यौपाने, सुग्रिव साहनी, सन्चारकर्मिहरु कमल रायमाझी, नरेश केसी, शारदा मल्ल, श्यामशंकर पाण्डे र सलमान खानसंगै दशचक्के ट्रकबाट गाउलेलाई राहत दिदै गर्दा मन्द मुस्कान छरिरहेका थिए ।

गोरखाली जनताको दुखेको घाउमा थोरै भएपनि मलहम लगाउने कार्यमा भैरहवा क्षेत्रका उद्योगी व्यपारी आम जनताले आफुलाई उत्साहित गरेको र सोही उत्साह स्वरुप सबैको सहयोगबाट संकलन भएको राहत सामग्री लिएर स्वयं गाऊमा आएको अध्यक्ष रामकुमार शर्माले बताए ।
सिद्धार्थको टोलीले गोरखादेखी ३५ किलोमिट उत्तरमा रहेको ताकुकोट गाविसका जनतालाई पनि राहत वितरण गरेकोछ ।

संघसंस्थाको तर्फबाट पाइएको यति ठुलो राहत पहिलो भएको सो गाविसका भूकम्प पीडित खिमबहादुर गुरुंगले जनाए । ताकुकोटमा करिब ३ सय घर भुूम्पीय कम्पनका कारण पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् । सो क्षेत्रमा एक गैर सरकारी संस्थाले पनि सहयोग गरिरहेको स्थानियले बताए ।

सुरुमा स्थानिय प्रशासन मार्फत राहत वितरण गर्ने योजना र सोंचका साथ गोरखा पुगेको टोली गोरखा जिविसमा भइरहेको राहत वितरणको ढिलासुस्ती देखेर आफै गाऊमा वितरण गर्न पुगेको हो ।

गोर्खा उद्योग बाणिज्य संघ गोर्खाका द्धितीय उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठले नेपालभरी जिल्ला र नगरगरी दर्जनौ वाणिज्य संघ भएता पनि सिद्धार्थ उद्योग वाािणज्य संघ भैरहवाले पीडितलाई प्रत्यक्ष राहत वितरण गरेकोमा आफु पनि हर्षित भएर दिनभरी सहयोग गरेको फिल्डमै खटिएको बताए ।

संघले आफ्नै पहलमा राहत सामग्री संकलन गरको थियो । संघको सतकार्यमा बैदिक सनातन धर्म सेवा समितीले १ लाख मूल्य बराबरको सामग्री र अरु व्यवसायी तथा उद्योगी र आम जनताबाट संकलन गरि करिब १२ लाखको सामग्री गोरखाका गाउँमा वितरण गरिएको कोषाध्यक्ष जिवलाल अर्यालले बताए ।

gorkha-rahat (2)gorkha-rahat (4)gorkha-rahat (5)