
काठमाडौँ, २३ असार । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले नेपाल वायुसेवा निगम ऐन, २०१९ मा निगमको कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने व्यवस्था नभएको भन्दै निलम्बन नगर्न आदेश जारी गरेको हो ।
।
ऐनको दफा २० लाई उल्लेख गर्दै अधिकारीलाई निलम्बन गरिएको थियो । तर त्यसमा कार्यकारीलाई निलम्बन गर्ने उल्लेख नभएको सर्वोच्चले जनाएको छ ।
सर्वोच्चले निलम्बन नगरी पनि उनीमाथि छानबिन गर्न सकिने जनाएको छ
सर्वोच्चले दिपराज ज्वारचनलाई महाप्रवन्धकको कामकाज गर्नेगरी अस्थायी नियुक्ति दिने सरकारको निर्णय र पत्राचार पनि कार्यान्वयन नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले अधिकारीमाथि व्यक्तिगत इगोका कारण निलम्बनको सिफारिस गरेका थिए ।















प्रतिक्रिया