
काठमाडौँ, २३ असार । नेकपा (माओवादी केन्द्र)को ४१ सदस्यीय स्थायी कमिटीमध्ये १५ जनाको नाम टुंगो लागेको छ ।
बिहीबार प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाकालीन स्थायी कमिटीमा रहेका १५ जनालाई स्वतः समावेश गरेका छन् ।
बाँकी रहेकाको नाम उनले बैठकमा प्रस्तुत गरेनन् ।
उनले केही दिनपछि बाँकी नाम पनि टुंगो लगाउने बताए ।
यही हुन् नेकपाकालीन स्थायी सदस्यहरुः
१) पुष्पकमल दाहाल प्रचण्ड
२) नारायणणकाजी श्रेष्ठ
३) कृष्णबहादुर महरा
४) गणेश शाह
५) गिरिराजमणि पोखरेल
६) चक्रपाणी खनाल
७) जनार्दन शर्मा
८) देव गुरुङ
९) देवेन्द्र पौडेल
१०) पम्फा भुसाल
११) वर्षमान पुन
१२) मात्रिका यादव
१३) लीलामणि पोखरेल
१४) शक्तिबहादुर बस्नेत
१५) हरिबोल गजुरेल















प्रतिक्रिया