
काठमाडौँ, २३ असार । नेकपा (माओवादी केन्द्र)को वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने निश्चित भएको छ ।
बिहीबार जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने संकेत गरेका हुन् ।
आजको बैठकमा पोलिटब्यूरो सदस्य र स्थायी समिति सदस्यहरुको नाम वाचनपछि पदाधिकारी भने केही दिनपछि चयन गर्ने प्रचण्डले बताए ।
प्रचण्डले भने, ‘वरिष्ठ उपाध्यामा त नारायणकाजीको विकल्प को छ र ? खगराजजीले पढ्नुहुन्छ, मात्रिकाजीले विरोध गरिहाल्नुहुन्छ ।’
उनले सबैलाई चित्त बुझाउने गरी पदाधिकारी चयन गरिने पनि आश्वासन दिए ।















प्रतिक्रिया