
काठमाडौँ, २३ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्यूरो सदस्यमा आफ्नै परिवारका चार जनाको नाम समावेश गरेपछि चर्को विरोध भएको छ ।
बिहीबार प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा केन्द्रीय सदस्यहरुले नै आपत्ति जनाएका हुन् ।
नाम मापदण्डविना आएको भन्दै हलबाट विरोध भएको हो ।
विरोधका कारण केहीबेर बैठक अवरुद्ध भयो ।
सहभागीहरुले विशेषगरी मधेश प्रदेशलाई उपेक्षा गरिएको आरोप लगाएका छन् ।
पोलिटब्यूरो सदस्यमा प्रचण्डसहित छोरी रेनु दाहाल, बुहारी वीना मगर र भाइ नारायण दाहाल पोलिटव्युरो सदस्य बनेका छन् ।
केन्द्रीय सदस्यमा भने कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन भने केन्द्रीय सदस्य बनिसकेका छन् ।
विवाद भएपछि प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको अन्तिम नामवली ल्याउन केही समय लाग्ने बताइएको छ ।















प्रतिक्रिया