१ कार्तिक २०८३, आइतबार

बेलायती प्रधानमन्त्रीको राजीनामा माग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, २३ असार । बेलायती गृहमन्त्री प्रिती पटेल र कन्जरभेटिभ पार्टीका अन्य सांसद्हरूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजिनाम माग गरेका छन् ।

‘गृहमन्त्री प्रिती पटेलले जोन्सनलाई कन्जरभेटिभ पार्टीको सामान्य धारणा भनेको नै उहाँको बहिर्गमन हो,’ भनेको सीएनएनले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

त्यसैगरी बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद र एक्सचेकरका चान्सलर ऋषि सुनक जस्ता प्रमुख व्यक्तिहरू सहित लगभग ३० बेलायती सरकारी अधिकारीहरूले हालैका पूर्व उपप्रमुख सचेतक क्रिस्टोफर पिन्चरको घोटाला काण्डलाई लिएर आफ्नो राजीनामा बुझाइसकेका छन्।

यद्यपि जोनसनले सांसदहरूलाई भनेका छन् । ‘कठिन परिस्थितिमा प्रधानमन्त्रीको काम प्राप्त जनादेशको सम्मान गर्नु हो र म त्यही गर्न गइरहेको छु । उनका एक प्रमुख सहयोगी माइकल गोभले प्रधानमन्त्रीलाई एक निजी भेटमा पनि राजीनामाका लागि सुझाएको बुझिएको छ ।

बेलायतका महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले जोनसनलाई राजीनामा दिन आह्वान गरेका छन् । यो सँगै बेलायतको राजनीतिक अस्थिरतको सरगर्मी बढ्न लागेको सङ्केत देखिएको छ । –रासस