
काठमाडौँ, २३ असार । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई डिजिटल माध्यममार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल (केएस डीजी वर्ल्ड) सार्वजनिक गरेको छ ।
बैंकले असार २२ गते मंगलबार केएस डीजी वर्ल्ड सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवा लागू भएपछि बैंकका ग्राहक महानुभावहरुले बैंकको वेबसाईट वा मोबाईल एपमार्फत अथवा digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
केएस डीजी वर्ल्डमा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवालगायतका सेवाहरु उपलब्ध छन् ।















प्रतिक्रिया