१ कार्तिक २०८३, आइतबार

जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २३ असार । जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । तिला गाउँपालिका ९ निवासी प्रेम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीबाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो ।

मालापानी घरबाट टाढा दुई किमी सिमी गोड्न गएका १८ बर्षका बुढाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

उनका अनुसार पानी परेपछि उनी रुखको मुनि ओत लाग्न बसेका थिए । सोही स्थानमा चट्याङ परेको थियो ।