
काठमाडौँ, २३ असार । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार असार २७ गतेदेखि सुरु हुने भएको छ ।
बैंकले एक सूचना जारी गरी एकीकृत कारोबार ‘नबिल बैंक लिमिटेड’ नामबाट हुने जनाएको हो ।
राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको छ ।
नेपाल बंगलादेश बैंकको स्वामित्व नबिल बैंकले लिएसँगै साविकका दुवै संस्थाबाट सन्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार अब असार २७ गतेदेखि एकीकृत रुपमा नबिल बैंकको नामबाट सुरु हुने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ ।
यही असार १५ गते राष्ट्र बैंकको सन्चालक समितिले यी दुबै बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो । यद्यपि क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहनेछन् ।
त्यस्तै, नेपाल बंगलादेश बैंकको भने असार २३ गते कार्यालय समयपछि असार २७ गते कार्यालय समय अघिसम्म सबै कारोबार बन्द हुने जनाइएको छ ।
यसैबीच नबिल बैंकको कारोबार असार २४ गतेको कार्यालय समयपछि असार २७ गते कार्यालय समय अघिसम्मका सबै कारोबार बन्द हुने बैंकले जनाएको छ ।
















प्रतिक्रिया