१ कार्तिक २०८३, आइतबार

बहुचर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधुले गरिन् विवाह

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बहुचर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधु क्षेत्रीले विवाह गरेकी छन् ।

उनले अष्ट्रेलियामा बस्ने प्रेमीसँग केही दिन अघि विवाह गरेकी हुन् ।

उनीहरुले कुनै समारोहविना कोर्ट म्यारिज गरेका हुन् । यो उनको दोस्रो विवाह हो ।

मधु अघिल्लो श्रीमानसँग डिभोर्स गरेर १५ वर्षदेखि एकल जीवन बिताइरहेकी थिइन् ।

उनले अब विवाहसँगै संगीत क्षेत्र छोड्ने तयारी गरेकी छन् । उनी अब आनन्दको पारिवारिक जीवन अष्ट्रेलियामा बिताउने सोच छिन् ।

यद्यपि श्रीमान र परिवारसँगै एकपटक अन्तिम गीत गाउने उनको चाहना रहेको छ ।