
काठमाडौँ, २२ असार । नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गरेको जिन सिक्वेन्सिङमार्फत परीक्षण गर्दा दुई जनामा ‘बीए फाइभ’ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।















प्रतिक्रिया