१ कार्तिक २०८३, आइतबार

संसद बैठक २ बजेलाई सर्‍यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ। विहान ११ बजेका लागि बस्ने भनिएको बैठक सुरु हुन नसकेपछि २ बजेका लागि सारिएको हो।

संसद सचिवालयले एक सूचना प्रकाशित गर्दै विहान ११ बजे विशेष कारणले बस्न नसकेकाले बैठक २ बजे बस्नेगरी बोलाइएको जनाएको छ।

बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न चलखेल गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा बोलेर स्पष्टीकरण दिने तयारी गरिएको छ।

अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएको एमालेले अर्थमन्त्रीका कुरा नसुन्ने र बैठक चल्न नदिने भनेपछि अहिले एमाले सांसद र शीर्ष दलका नेताहरुबीच छलफल भइरहेको छ।